ब्रिटिस आर्मी सुरेन ताम्लिङले एकसाथ दुई एल्बम ल्याउँदैछन् । एक वर्षअघि ‘आफ्नो’ नामक गीति एल्बम ल्याएर संगीत क्षेत्रमा संलग्न गराएका सुरेनले दोस्रो र तेस्रो एल्बम ल्याउन लागेका हुन् । उनी एल्बम निकाल्नकै लागि हाल नेपाल आएका छन् ।
एउटा संयोग के भने यी ब्रिटिस आर्मीको गीति एल्बममा नेपाल आर्मीका एक उच्च अधिकृतको संगीत तथा शब्द रहने भएको छ ।
सुरेनका अनुसार आफ्नो दोस्रो एल्बममा नेृपाल आर्मीका ब्रिगेडियर जनरल सुदर्शनबिक्रम राणाको शब्द तथा संगीत रहने भएको छ । जुन एल्बममा पाँच वटा डान्सिङ बीटका गीत समावेश रहनेछ । सुर्दशन नेपाली सेनामा रहेर देश र जनताको सेवामा क्रियाशील रहेपनि उनी गीतसंगीतमा पनि सक्रिय छन् ।
सुर्दशनले नेपाली गीतसंगीत क्षेत्रलाई थुपै्र गीतसंगीत दिइसकेका छन् । उनको योगदान नेपाली जनता र देशप्रति सेना भएर मात्र नभएर संगीतमार्फत पनि दिँदै आएका छन् । उनै देशभक्ती सुर्दशन र ब्रिटिस सेनामा कार्यरत सुरेनको संगीत कम्बिनेशन यसपटक श्रोता तथा दर्शकले सुन्न पाउनेछन् । सरेनले चाँडै एल्बम रिलिज गर्ने बताए ।