सांसद सिन्धु जलेसाद्वारा रचित तथा स्वरबद्ध ‘एसियाको माझ विश्वको ताज हाम्रो सर्वोच्च हिमाल’ र ‘तीज आयो दिदीबहिनी हो नाचौँ है छमछमी माइती घरैमा’ नामका दुईवटा गीति एल्बम बजारमा आएका छन् ।
नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले आज यहाँ आयोजित कार्यक्रममा ती एल्बम सार्वजनिक गर्दै यत्ता गीतले नेपालको राष्ट्रियता र एकतालाई जोड्न प्रयास गर्ने बताउनुभयो ।
जातजातिबीच द्वेष खडा गरेर नेपालको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको अवस्थामा यस्ता गीतले ो राष्ट्रिय एकतामा कोषेढुंगा सावित हुने बताउनुभयो ।
अहिले बजारमा आएका तीजको गीत हो कि दोहरी हो भन्ने छुट्याउन सकिन्न तर यस एल्बममा भएका गीत मौलिक संस्कृतिमा गाइएको हुनाले वास्तविक तीजलाई समेटेको उहाँले बताउनुभयो ।
रचनाकार सांसद जलेसाले नेपालको राष्ट्रियतामाथि धावा बोलिरहेको बेला यस गीतले राष्ट्रिय एकतामा सहयोग पु¥याउने दाबी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता दीपेन्द्रराज कँडेल, वरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीले एल्वबका विविध पक्षबारे चर्चा गर्नुभयो ।