वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा आज निधन भएको छ ।
मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उहाँको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिनुभयो ।
भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आउनुभएको थियो । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलका छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुख हुनुहुन्थ्यो ।
नेवारी परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पु¥याउनुभएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आउनुभएको थियो । वाङ्देलको श्रीमान् र दुई छोरा अमेरिकामा नै बस्दै आउनुभएको छ ।