दुवईमा नेपाली मोडलहरु ¥याम्पमा उत्रने भएका छन्। गायनसँगै समाजसेवालाई पनि अघि बढाउदै आएका हेमन मोक्तानको हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ फेशन शो को आयोजना हुने भएको हो । छेपारो डटकमको आयोजनामा हुने उक्त फेशन शोमा नेपाल र युएईमा कृयाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु
-यापमा उत्रिनेछन् । कार्यक्रममा नेपालबाट अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी र बर्षा राउतसँगै मिस नेपाल २०१४ सुविन लिम्बु सहभागी हुनेछन् भने दुबईमा सकृय मोडलहरुले पनि ’क्याट वाक’ गर्नेछन् । नजिकिँदो ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै फेब्रुअरी १० तारिखमा दुबईस्थित फोर प्वाइन्ट्स बाइ शेराटोना होटलमा ‘फेशन फ्यूजन’नाममा हुने उक्त फेशन शोमा अभिनेत्री तथा मोडलहरुको कोरियोग्राफीको जिम्मा लिएकी निर्देशक साबित्री खत्रीले बताइन् । नेपालमा थुप्रै फेशन सो गरिसकेकी तृष्णा गुरुङको तर्फबाट उक्त फेशन शो आयोजना हुन लागेको हो । के भन्छन् हेमन ? यसरी युएईमा शो गर्न पाउँदा निकै खुसी लागेको छ । त्यहाँ सहभागी हुनु हुने सबैले सहयोगी हात अगाडी सर्नु भाको छ, जसले गर्दा निकै खुसी लागेको छ । उक्त शो मा मेरो पनि प्रस्तुति रहनेछ । जसरी यस भन्दा अगाडीको कन्सर्टमार्फत संकलित रकम मैले एचआईभीपीडित बालबालिकालाई सहयोग गरेको थिए, अब यस फाउन्डेसनमार्फत आगामी दिनमा यस्ता थुप्रै स्थानमा सहयोग गर्नेछु ।