डेव्यु गरेकी नायिका शिल्पा पोखरेलले हालसम्म नौ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । म्युजिक भिडियो र विज्ञापनहरुमा समेत काम गरेकी उनी प्रेम प्रसंगका कारण बेला–बेला चर्चामा आउने गरेकी छिन् । उनै नायिका पोखरेलसँग रेजिना पाण्डले गरेको कुराकानी स्
तपाईं अभिनित चलचित्र बृन्दाबन भदौ १७ बाट प्रदर्शन हुँदैछ, कत्तिको आशावादी हुनुहुन्छ ?
धेरै नै आशावादी छु । जेठ र अषाढ महिनाको चर्काे घाममा हामीले धैरै नै मेहनत गरेका छौं । राम्रो चलचित्र बनेको पनि छ । अघिल्ला चलचित्रहरुझै यो पनि चल्छ भन्ने कुरामा ढुक्क छु ।
तर भदौ १७ गतेदेखि अन्य चलचित्रहरु लालजोडी र ब्रासलेट पनि चल्दैछन् नि ?
हो, अहिले धैरै प्रतिस्पर्धा छ । दर्शकको पनि आ–आफ्नो च्वाइस हुन्छ । कसैलाई कमेडी मन पर्छ कसैलाई एक्सन मन पर्छ । अरु चलचित्र भएपनि बृन्दाबन चल्नेमा म ढुक्क छु ।
बृन्दाबन कस्तो प्रकारको चलचित्र हो ?
रोमान्टिक र एक्सनप्रधान चलचित्र हो ।
पहिलो चलचित्र लज्जादेखि किस्मत २ सम्म आइपुग्दा आफूलाई कसरी नियाल्नु भएको छ ?
धैरै कुराहरु बुझदै छु । अभिनयमा सुधार गर्दै छु । ‘कन्फिडेन्ट लेवल’ बढेको छ । आफनो कामप्रति विश्वास बढदै छ ।
आजभोलि अरु केमा व्यस्त हुनुहुन्छ ?
बृन्दावनको प्रचार प्रसारमा नै व्यस्त छु । किस्मत २ असोज २१देखि दशैँको अवसर पारेर प्रदर्शन गरिदै छ । चलचित्र हिफाजतको दशैँपछि सुटिङ हँुदै छ । म्युजिक भिडियोमा फाट्टफुट्ट व्यस्त छु ।
तपाईंले थुप्रै चलचित्रहरुमा काम गरिसक्नु भयो आफू अभिनित कुन चलचित्र तपाईंलाई मनर्पयो ?
सबै चलचित्रहरुमा मन परेर नै गरेको हुँ । तर पनि लज्जा चलचित्र मलाई साह्रै नै मन परेको चलचित्र हो । जुन सुपरहिट पनि भयो । मेरो पहिलो चलचित्र पनि हो । यो चलचित्रसँग गहिरो सम्बन्ध छ ।
तपाईं निर्माता छवि ओझासँग विवाह गर्ने तयारीमा हुनुहुन्छ भन्ने हल्ला छ नि ?
अहिले चाहिँ हल्ला मात्र हो । भविष्यमा के हुन्छ हेरांै । परिवारकै मिलोमतोमा राजीखुशी भयो भने हुन पनि सक्छ ।
यसो हेर्दा तपाईंलाई छविजी मनपर्छ जस्तो लाग्यो नी किन ?
मलाई छविजी मन पर्छ । कामको हिसाबले र व्यक्तित्वको हिसावले पनि मन पर्छ । उहाँ काम बुझ्ने मान्छे हुनुहुन्छ ।
तर यति बुझ्ने हुँदाहँुदै पनि उहाँको अघिल्ला घरजमहरु टिक्न सकेन नि ?
दुवै आगो भएपछि दुवैलाई पोल्छ, एउटा पानी भयो भने शितल हुन्छ । त्यसैले त्यो उहाँहरुमा नभएर नै रेखा र छविजीको समबन्ध टिक्न नसकेको जस्तो लाग्छ ।
छविजीसँग तपाईंको विवाह भयो भने सम्बन्ध टिक्न सक्छ जस्तो लाग्छ ?
लाग्छ । किनकि म अहम् नै पलाउन दिन्न ।
तपाईंको उमेर र छविको उमेरमा धैरे फरक छ नि ?
उमेरले के गर्छ ? माया हुनुर्पयो । माया भएपछि पुगिहल्छ नि होइन र ?
तपाईं नेपाली चलचित्र कत्तिको हेर्नु हुन्छ ?
हलसम्म गएर कम नै हेर्छु । कामको चाप बढी हुन्छ । मन परेको चलचित्र हलसम्म गएर हेर्छु । कतिपय घरमै हेर्ने गर्छु ।
धेरै नायिकाहरु आउने हराउने गरेका छन्, तर तपाईंले त धमाधम काम पाइराख्नु भएको छ नि ?
हो, राम्रो काम गर्न सक्यो भने कामको मूल्यांकन हुँदोरहेछ । मेरो कामलाई हरेर चित्त बुझाएर काम दिइराख्नुभएको छ अग्रजहरुले ।
नायिकाहरुलाई पारिश्रमिक राम्रो दिँदैनन् भन्छन्, हो ?
मैले पाएको पारिश्रमिकमा चित्त बुझेको छ । चित्तबुझ्दो पाएकाले नै यो क्षेत्रलाई निरन्तरता दिएको हुँ ।
नयाँ योजना के छन् ?
अब निमार्ता बन्नेतर्फ अगाडि बढ्दैछु ।
तिजको बर्त बस्नुहुन्छ ?
बसेको छैन । तर मलाई तिजको बर्तमा निकै आस्था लाग्छ ।