सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभा नियमावलीका सम्बन्धित व्यवस्थाबमोजिम सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका