पौडेल र गुरुङ राप्रपामै फर्किए
काठमाडौं । उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ (रमेश) राप्रपामा फर्किएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट केही महिना अघि अलग भएका उनीहरु सोमबार राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका हुन । उनीहरुलाई अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेको बताइएको छ