काठमाडौं । उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ (रमेश) राप्रपामा फर्किएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट केही महिना अघि अलग भएका उनीहरु सोमबार राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका हुन ।
उनीहरुलाई अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेको बताइएको छ । महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल व्युँताएपछि पौडेल र गुरुङले थापातिर लागेका थिए ।
थापाले राजसंस्था नबोक्ने निर्णय गर्नुका साथै स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि असन्तुष्ट बनेका पौडेल र गुरुङलाई राप्रपा नेपालबाट अलग भएर बसेका थिए । पौडेल राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष थिए भने गुरुङले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी पाएका थिए । राप्रपामा उनीहरुलाई के जिम्मेवारी दिने भन्ने टुंगो लागिनसके पनि अध्यक्ष लिङ्देनले उचित जिम्मेवारी दिने आश्वासन दिएको बताइएको छ ।