आफ्नै नेतृत्वको पार्टीप्रति प्रचण्ड असन्तुष्ट
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा पाँच दिनसम्म चल्ने बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल