काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक धुम्वाराही बसिरहेको छ ।
आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन् । केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा बसेका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका उनी उपाध्यक्ष कृष्णबहादुर महरा पछि बसेका छन् ।
पुन सेको ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको छ । पुनसहित अघिल्लो लहरमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र महासचिव देव गुरुङ छन् ।
माओवादीमा प्रचण्ड पछि श्रेष्ठ, तेस्रो महरा, चौथो सापकोटा, पाँचौँ वरीयतामा भुसाल छन् । महासचिव गुरुङ माओवादीको छैटौं वरीयतामा छन् । अब पुनले कुन वरियता पाउने हुने भन्ने टुंगो लागिसकेको छैन ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पस् आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । त्यसअघि अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।