करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग
काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले आगामी आर्थिक वर्षको बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाउँदै करका दर हेरफेरसम्बन्धी विवादको सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै