हर्क साम्पाङको माग : एमसीसी खारेज गरिनुपर्छ, भदौ २४ को घटनाका दोषीलाई पनि कारवाही गर्नुपर्छ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्नुपर्ने माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै साम्पाङले देशको सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी खारेज गर्न आवश्यक रहेको बताएका