‘हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित
करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको छ र यहाँका अस्पतालका शय्या पनि खाली हुँदै गएका छन् ।