बन्द र अँध्यारो कोठामा गरिने सहमति कांग्रेसले बोक्न सक्दैनः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्वमा आलोपालो गर्ने गोप्य सहमति भए स्वीकार्य नहुने बताएका छन् । संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले बन्द र अँध्यारो कोठामा गरिने सहमति नेपाली कांग्रेसले बोक्न नसक्ने बताएका हुन्