माओवादीका अमनलाल मोदी सरकारबाट फिर्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्री मोदीले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै माओवादी केन्द्रभित्रै