नयाँ सत्ता समीकरणविरुद्ध दक्षिणपन्थी शक्तिहरूको चलखेल र षड्यन्त्र सुरुः झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ सत्ता समीकरण बनेकै दिनदेखि असफल पार्न दक्षिणपन्थी शक्तिहरूले चलखेल र षड्यन्त्र सुरु गरेको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले शनिबार सरकारलाई शुभकामना दिँदै नयाँ समीकरण बन्नासाथ भूराजनीतिक शक्तिहरूको चासो बढिरहेको