मन्त्रिपरिषद पुनर्गठनसँगै बालकुमारी घटनाको सम्बोधन भयोः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा मन्त्री हटेसँगै एक हदसम्म माग सम्बोधन भएको बताएका छन्। मन्त्रिपरिषद पुनर्गठन भएपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनामा सरकार पुनर्गठन भएसँगै केही हद सम्बोधन भइसकेको जवाफ दिएका हुन्