सत्ता गठबन्धन फेरबदल अनपेक्षित भएको कांग्रेसको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धन फेरबदल अनपेक्षित भएको निष्कर्ष निकालेको छ । सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रुपमा सरकार चलिरहदा प्रधानमन्त्रीबाट भएको सत्तागठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको हो ।