काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
आज विहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र बजेटको तयारीलगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ ।
भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएको बताइएको छ ।
प्रधानमन्त्री दाहालले आफू सहमति बाटै समस्या समाधानको पक्षमा रहेको र पहल गरिरहेको बताएका थिए ।




















