पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो
काठमाडौँ । मानव तस्करीको आरोपमा विराटनगरबाट पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि विराटनगर प्रहरीले उनलाई आजै विमानमार्फत काठमाडौँ पठाएको थियो