काठमाडौँ । नेकपा (एमाले)की सचेतक सुनिता बरालले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका सरकारका कदमहरुमा सहयोग गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले नयाँ दलहरूले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको आरोप लगाउँदै संसद्लाई निराशा पोखेर जनता भड्काउने थलोको रुपमा नभई नीति र कार्यक्रमका माध्यमबाट जोड्ने थलो बनाउन आवश्यक रहेको बताएकी छन् ।
बरालले नेपालको अर्थतन्त्रमा उत्पादनले कम क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताएकी छिन् ।
उत्पादन क्षेत्रमा जनशक्ति बढाउनको लागि शिक्षा प्रणालीलाई सीपमुलक बनाउन जरुरी रहेको पनि उनले बताएकी छिन् ।