काठमाडौं । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा चैत २४ गते परेको राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निममित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । ।
त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदनमा अर्घाखाँचीका यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिएको लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
उक्त बैठकका निर्णयहरू यस्ता छन् –


























