राष्ट्रियसभा बैठकः सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डा लत्त्याएको आरोप
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न नसकेको बताएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा उनीहरूले युवाहरूको भावना अनुसार सरकार चल्न नसकेको र जनताको विश्वास समेत जित्न नसकेको बताएका हुन् । साथै उनीहरूले नागरिक सरकारमा