नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा :सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुने
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो