महाधिवेशन समयमै हुनुपर्छ : डा कोइराला
विराटनगर, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गर्नुभयो ।