संविधानमा आवासको हक : डेढ वर्षसम्म बनेन नियमावली
काठमाडौँ । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको हकसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको डेढ वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको आवासको हकसम्बन्धी ऐन, २०७५ लाई राष्ट्रपति भण्डारीले विसं २०७५ असोज