नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबीच सहमतिपछि फोरम सरकारमा सहभागी हुँदै
काठमाडौँ, संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो ।