काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । वैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
लकडाउनको मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतसँग छलफल गर्नु भएको थियो ।
उनीहरुले दिएको सुझाव अनुसार उच्चस्तरीय समितिको बैठकमा पनि सामान्य छलफल भइसकेको र व्यापारीहरूले लकडाउन उल्लङ्घन गर्दै पसलहरू खोल्न थालिसकेकाले मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटी परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ। पछिल्लो पटक थपिएको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ । लकडाउन सो समयसम्म कायम रहेपनि मोडालिटी परिवर्तन हुने सक्ने जनाइएको छ ।