नयाँ पार्टी निर्माणबाट तत्काल पछि हट्न माधव नेपाललाई एमालेका नौ नेताको आग्रह (विज्ञप्तिसहित)
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नौजना नेताले नेता माधवकुमार नेपाललाई नयाँ पार्टी निर्माणबाट तत्काल पछि हट्न आग्रह गर्नुभएको छ । बिहीबार राति संयुक्त विज्ञप्ति जारी गर्दै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भूसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश