देउवाले देशको बेइज्जतमात्र गरेनन्, शिरै झुकाउने काम गरेः पूर्व राष्ट्रपति यादव
काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गर्नुभएको छ । नेपालका प्रथम राष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जानु राष्ट्रकै बेइज्जत भएको पनि बताउनुभयो ।