भदौदेखि कांग्रेसको चुनावलक्षित विशेष अभियान
काठमाडौं । नेपाली कांग्रेसले भदौदेखि चुनावलक्षित विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।