इरानमा ६.३ म्याग्निच्युडको भूकम्प, पाँचको मृत्यु, ४९ जना घाइते
तेहरान । दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर भएको भूकम्प