मेची पुल उद्घाटन : लामो समयदेखि प्रतीक्षा गरिएको मेची पुलको निर्माण मेरो पनि सपना थियो :प्रधानमन्त्री ओली
बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गर्नुभएको हो । धेरैपल्ट शिलान्यास भएको