भम्रण वर्षलाई केन्द्रित गरी चित्रकला प्रदर्शनी
काठमाडौँ, नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी भम्रण वर्षमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रुसी सांस्कृतिक केन्द्रमा मङ्गलबारदेखि सामूहिक चित्रकला प्रदर्शनी गरिएको छ । यही फागुन १८ गतेसम्म चल्ने प्रदर्शनीमा युनिक स्ट्रोक ग्रुपमा आबद्ध कलाकारले सिर्जना गरेका ३१ चित्रकला राखिएको छ ।