क्रिकेटर सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु
काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा बुधबार थुनछेक बहस सुरु भएको छ । अदालतमा मंगलबार लामिछानेको बयान सकिएपछि आज थुनछेक बहस सुरु भएको हो । आज पीडित पक्षका कानुन व्यवसायीहरुले बहस गर्दैछन्।