काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जाँदै हुनुहुन्छ ।
आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी त्यहाँ जान लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारी आज दिउँसो हेटौँडा पुग्ने बताइएको छ ।
राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।




















