छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेका शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।