अन्तरजातीय विवाह गर्ने २८ जोडी नगदसहित सम्मानित
पर्वत । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार नगदसहित सम्मान गरेको हो। गाउँपालिकाको केन्द्र लामाखेतमा भएको सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका प्रत्येक जोडीलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको