चीनतर्फको भीषण वर्षाले रसुवामा ठुलो क्षति, सतर्क रहन नदीतटीय बासिन्दालाई आग्रह
काठमाडौं । चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ। मंगलबार बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाइकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।