काठमाडौं । विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान गरिएको छ।
भूमिसुधार मन्त्रीका रूपमा कार्यरत रहँदा गुप्ताले सरकारी क्वार्टरबाटै घुस लेनदेनको डिल गरेको अभियोगमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा अदालतले दोषी ठहर गर्दै उनलाई कारागार पठाउन आदेश दिएको हो ।
राजकुमार गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेकपा एमालेबाट मन्त्री बनेका थिए ।

























