डा. केसीलाई नैतिकता सिकाउनु पर्दा मलाई अत्यन्तै दुःख लागेको छ : योगेश भट्टराई
काठमाडौँ, प्रतिनिधिसभा सदस्य एवम् शिक्षा तथा स्वास्थ्य समिति सदस्य योगेश भट्टराईले मेडिकल शिक्षा सुधारको माग राख्दैक आन्दोलनरत डा.गोविन्द केसीले गरेको टिप्पणीमा असन्तुष्टि जनाएका छन् । भट्टराईले चिकित्सा शिक्षा विधेयक संसदको सम्पत्ति भएको भन्दै उनले त्यसमा थपघट गर्ने उसको अधिकार भएको बताए