काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सो जग्गा जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरुविरुद्ध बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तिायरले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात, ब्यापारी मीनबहादुर गुरुङलगायतका १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सरकारले अधिग्रहण गरेको जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारले हेर्न नमिल्ने भएकाले ललितानिवास जग्गा जग्गा प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको बताइएको छ ।
त्यस्तै पूर्व मुख्य सचिव एवं चीनका लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।