सुर्खेत । उत्तर पश्चिम पृतना हे.क्वा., सुर्खेतमा सञ्चा लन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको आज सकिएको छ । माघ १९ गतेदेखि सञ्चालन तालिमको आज पृतनापति उपरथी सरोज प्रताप राणाले एक कार्यक्रम बीच समापन गर्नु भएको छ ।
नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चाीलन भएको उक्त कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला र बर्दिया जिल्लाका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । पाँच दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्ना विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्नु युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।
नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्चाररकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चासलन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वाास नेपाली सेनाले लिएको छ ।