हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ । हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य