क्यालिब्रेशन फ्लाइटका लागि गौतमबुद्ध विमानस्थल तयार
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि प्राविधिकहरूले अन्तिम प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ र आगामी फागुन ९ गते क्यालिब्रेशन फ्लाइट गर्ने तयारी छ ।