अवलोकन भ्रमणका सिलसिलामा राष्ट्रपति भण्डारी नेपालकै सबैभन्दा ठूलो स्याउ फार्ममा
मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ पुग्नुभएको छ । अवलोकन भ्रमणका सिलसिलामा उहाँ मनाङ पुग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्नुभएको जानकारी दिनुभयो । मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको