यूएनएचसीआर कार्यालयअगाडि रोहिंग्या शरणार्थीहरुको विरोध प्रदर्शन
काठमाडौं । रोहिंग्या शरणार्थीहरुले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।