राष्ट्रपति भण्डारीद्वारा जापानी पूर्वप्रधानमन्त्रीको हत्याप्रति खेद प्रकट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुभएको हो। यस दुःखद् घडीमा उहाँले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गर्नुभएको छ