काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जना संक्रमित भएका हुन् । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् ।



















