जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रको सालिक पुनः राखियो
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६-०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए । वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।